1हे परमप्रभु, तपाईंले मलाई जाँच्नुभएको छ र तपाईंले मलाई चिन्नुहुन्छ ।
2म बस्दा र म उठ्दा तपाईंले जान्नुहुन्छ । तपाईंले मेरो विचार टाढैबाट बुझ्नुहुन्छ ।
3तपाईंले मेरो मार्ग र मेरो सुताइ हे्र्नुहुन्छ । मेरा सबै मार्गहरूका बारेमा तपाईं परिचित हुनुहुन्छ ।
4हे परमप्रभु, मेरो जिब्रोमा शब्द आउनअगि नै तपाईंले त्यो पूर्ण रूपमा जान्नुहुन्छ ।
5मेरो अगाडि र पछाडि तपाईं मलाई घेर्नुहुन्छ र ममाथि तपाईंको हात राख्नुहुन्छ ।
6यस्तो ज्ञान मेरो निम्ति अति धेरै हुन्छ । यो अत्यन्त उच्च छ, म यसमा पुग्नै सक्दिनँ ।
7तपाईंको आत्माबाट म कहाँ कान सक्छु र? तपाईंको उपस्थितिबाट म कहाँ भाग्न सक्छु र?
8आकाशमाथि उक्लें भने तपाईं त्यहाँ हुनुहुन्छ । मैले चिहानमा आफ्नो ओछ्यान बनाएँ भने, तपाईं त्यहीं हुनुहुन्छ ।
9प्रभातका पखेटाहरूमा उडेर म टाढा गएँ र समुद्रपारि पल्लो भागमा बसें भने,
10त्यहाँ पनि तपाईंको बाहुलीले मलाई डोर्याउनेछ । तपाईंको दाहिने बाहुलीले मलाई समातेर राख्नेछ ।
11मैले भनें, “निश्चय नै अन्धकारले मलाई ढाक्नेछ र मेरो विरपरिको ज्योति रात हुनेछ,”
12तापनि त्यो अन्धकार तपाईंको निम्ति अँध्यारो हुँदैन । रात पनि दिनझैं चम्किन्छ, किनकि तपाईंको निम्ति अँध्यारो र उज्यालो दुवै उस्तै हुन् ।
13तपाईं मेरा भित्री अङ्गहरू बनाउनुभयो । मेरी आमाको गर्भमा तपाईंले मलाई बनाउनुभयो ।
14म तपाईंको प्रशंसा गर्नेछु, किनकि म अचम्म किसिमले बनाइएको छु । मेरो प्राणले यो राम्ररी जान्दछ ।