7उहाँलाई जसले ठुला ज्योतिहरू बनाउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
8उहाँलाई धन्यवाद देओ जसले दिनमा राज्य गर्न सूर्य दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
9रातमा राज्य गर्न चन्द्रमा र ताराहरू दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
10उहाँलाई धन्यवाद देओ जसले मिश्रदेशका जेठालाई मार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
11र तिनीहरूको माझबाट इस्राएललाई बाहिर ल्याउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
12शक्तिशाली हात र उचालिएको बाहुलीले, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
13उहाँलाई धन्यवाद देओ जसले लाल समुद्रलाई विभाजन गर्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
14र इस्राएललाई त्यसको माझबाट हिंडाउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
15तर फारो र तिनका फौजलाई लाल समुद्रमा नष्ट पार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
16उहाँलाई धन्यवाद देओ, जसले आफ्ना मानिसहरूलाई उजाडस्थानमा डोर्याउनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
17उहाँलाई जसले महान् राजाहरूलाई मार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
18उहाँलाई धन्यवाद देओ जसले प्रसिद्ध राजाहरूलाई मार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
19एमोरीहरूका राजा सीहोनलाई मार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
20र बाशानका राजा ओगलाई मार्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
21उहाँलाई धन्यवाद देओ, जसले तिनीहरूका देश उत्तराधिकारको रूपमा दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
22उहाँको सेवक इस्राएलको उत्तराधिकारको रूपमा दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
23उहाँलाई जसले हामीलाई सम्झनुभयो र हाम्रो अपमानमा हामीलाई सहायता गर्नुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
24उहाँलाई धन्यवाद देओ जसले हाम्रा शत्रुहरूमाथि हामीलाई विजय दिनुभयो, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
25जसले सबै जीवित प्राणीलाई खाना दिनुहुन्छ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।