Text copied!
CopyCompare
पवित्र बाइबल - न्यायकर्ताहरू - न्यायकर्ताहरू 20

न्यायकर्ताहरू 20:30-44

Help us?
Click on verse(s) to share them!
30तेस्रो दिनमा इस्राएलका मानिसहरू बेन्यामीनीहरूसँग लडे, र तिनीहरूले पहिलो दिनमा गरेझैं गिबाको विरुद्धमा त्यही स्थानबाट युद्ध गरे ।
31बेन्यामीनका मानिसहरू गए र ती मानिसहरूसँग युद्ध लडे, र तिनीहरूलाई सहरबाट टाढा पुर्‍याइयो । तिनीहरूले केही मानिसलाई मार्न थाले । खेतहरू र सडकहरूमा मर्नेहरूमा इस्राएलका करिब तिस जना मानिस थिए । एउटा बाटो बेथेल तर्फ जान्थ्यो, र अर्को गिबातर्फ जान्थ्यो ।
32तब बेन्यामीनका मानिसहरूले भने, “तिनीहरू हारेका छन् र पहिलो पल्‍टझैं तिनीहरू हामीबाट भाग्दैछन् ।” तर इस्राएलका सिपाहीहरूले भने, “हामी पछि हटौं र तिनीहरूलाई सहरबाट टाढा सडकहरूमा लैजाऔं ।”
33इस्राएलका सबै मानिसहरू आ-आफ्ना ठाउँबाट उठे र बाल-तामारमा युद्धको निम्ति तयार भए । त्यसपछि गुप्‍त स्थानहरूमा लुकिरहेका इस्राएलका सेनाहरू आ-आफ्ना ठाउँ गिबाबाट निस्किआए ।
34सारा इस्राएलबाट गिबाको विरुद्ध त्यहाँ दश हजार चुनिएका मानिसहरू आए, र तिनीहरूको बिचमा घमासान युद्ध भयो, तर बेन्यामीनीहरूलाई तिनीहरूको विनाश नजिकै छ भन्‍ने कुरा थाहा थिएन ।
35परमप्रभुले इस्राएलको सामु बेन्यामीनलाई परास्त गर्नुभयो । त्यस दिन, इस्राएलका सेनाहरूले बेन्यामीनका २५,१०० मानिसहरूलाई मारे । त्यहाँ मर्नेहरू सबै तरवारले युद्ध गर्नलाई तालिम प्राप्‍त थिए ।
36यसैले बेन्यामीनका सेनाहरूले आफ़ूहरू हारेका देखे । इस्राएलका मानिसहरूले बेन्यामीनीहरूलाई रणभूमिमा मौका दिएकाजस्तै गरेका थिए, किनकि तिनीहरूले गिबाभन्दा बाहिर गुप्‍त स्थानहरूमा लिकेका मानिसहरू गणना गरिरहेका थिए ।
37तब लुकिरहेका मानिसहरू उठे र हतार गर्दै गिबाभित्र पसे, र सारा सहरलाई तिनीहरूले तरवारको धारले प्रहार गरे ।
38इस्राएलका सेनाहरू र गुप्‍तमा लुकेका मानिसहरूबिच एउटा चिन्हको सल्लाह भएको थियो र त्योचाहिं सहरबाट धुँवाको ठुलो मुस्लो माथि जाँनुपर्छ भन्‍ने थियो ।
39त्यो चिन्ह पठाएपछि इस्राएलका सेनाहरू युद्धबाट फर्कनुपर्थ्‍यो । बेन्यामीनीहरूले आक्रमण गर्न थाले र तिनीहरूले इस्राएलका तिस जना जति मानिसलाई मारे, र तिनीहरूले भने, “पहिलो युद्धमा झैं तिनीहरू निश्‍चय नै हामीबाट परास्त भएका छन् ।”
40तर जब सहरबाट धुँवाको मुस्लो माथि उठ्‍न थाल्‍यो, तब बेन्यामीनीहरूले फर्केर हेरे र सारा सहरबाट आकाशतर्फ धुँवा उडेको देखे ।
41त्यसपछि इस्राएलका मानिसहरू तिनीहरूका विरुद्ध जाइलागे । बेन्यामीनीहरू आतङ्कित भए, किनकि तिनीहरूमा विपत्ति आइलागेको तिनीहरूले देखे ।
42यसैले तिनीहरू इस्राएलका मानिसहरूबाट भागे, र उजाड-स्‍थानतिर गए । तर युद्धले तिनीहरूलाई भेटाइहाल्यो । इस्राएलका सेनाहरू सहरहरूबाट आए र तिनीहरू भएकै ठाउँमा तिनीहरूलाई मारे ।
43तिनीहरूले बेन्यामीनीहरूलाई घेरे, तिनीहरूलाई खेदे र तिनीहरूलाई गिबाको पूर्वमा नोहामा खत्तम पारे ।
44बेन्यामीनी कुलबाट अठार हजार जना मानिसहरू मरे, र ती सबै मानिसहरू युद्धमा विशिष्‍ट थिए ।

Read न्यायकर्ताहरू 20न्यायकर्ताहरू 20
Compare न्यायकर्ताहरू 20:30-44न्यायकर्ताहरू 20:30-44