6तब येहूले तिनीहरूलाई यसो भनेर दोस्रो पटक चिठी लेखे, “तिमीहरू मेरो पक्षमा छौ र तिमीहरूले मेरो कुरा सुन्छौ भने तिमीहरूले आफ्ना मालिकका सन्तानका शिरहरू लिनुपर्छ र भोली यसै बेला यिजरेलमा मकहाँ आउनुपर्छ ।” त्यस बेला राजाका सत्तरी जना सन्तानहरू आफूलाई हुर्काउने सहरका महत्त्वपूर्ण मानिसहरूसँगै थिए ।
7त्यसैले जब तिनीहरूकहाँ चिठी आयो, तब तिनीहरूले राजाका छोराहरूलाई समाते र सत्तरी जनालाई नै मारे, तिनीहरूका शिरहरू टोकरीहरूमा राखे, र ती यिजरेलमा येहूकहाँ पठाए ।
8एक जना सन्देशवाहक येहूकहाँ यसो भन्न आयो, “तिनीहरूले राजाका छोराहरूका शिरहरू ल्याएका छन् ।” त्यसैले तिनले भने, “बिहानसम्म तिनलाई मूल ढोकामा दुईवटा थुप्रो लगाएर राख्नू ।”
9बिहान येहू बाहिर निस्के र खडा भए र सबै मानिसहरूलाई भने, “तिमीहरू निर्दोष छौ । हेर, मैले मेरा मालिकको विरुद्धमा षड्यन्त्र गरें र तिनलाई मारेँ, तर यी सबैलाई कसले मारे ?
10अब तिमीहरूले निश्चय नै बुझ्नुपर्छ कि आहाबको घरानाको सम्बन्धमा बोलिएको परमप्रभुको वचनको कुनै पनि भाग खेर जाने छैन किनकि परमप्रभुले आफ्ना सेवक एलियाद्वारा बोल्नुभएअनुसार गर्नुभएको छ ।”
11त्यसैले येहूले यिजरेलमा आहाबका घरानाका बाँकी रहेका सबै जना, तिनका मुख्य मानिसहरू, तिनका नजिकका मित्रहरू र पुजारीहरू कसैलाई पनि नछडी सबैलाई मारे ।
12तब येहू उठे र आफ्नो बाटो लागे । तिनी सामरियामा गए । तिनी गोठालोको बेथ-एकेदमा आइपुग्दा,