7त्यसैले आफैलाई अर्पण गर र पवित्र होओ, किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ । १
8तिमीहरूले मेरा आज्ञाहरू मानेर ती पालन गर्नू । तिमीहरूलाई पवित्र बनाउने परमप्रभु म नै हुँ ।
9आफ्नी आमा वा आफ्नो बुबालाई सराप दिने सबै मारिनुपर्छ । त्यसले आफ्नो बुबा वा आफ्नी आमालाई सरापेको हुनाले त्यो दोषी हुन्छ र त्यो मर्न योग्यको हुन्छ ।
10अर्कै पुरुषको पत्नीसँग व्यभिचार गर्ने मानिस अर्थात् आफ्नो छिमेकीकी पत्नीसँग व्यभिचार गर्ने त्यो व्यभिचारी मानिस, र व्याभिचारिणी दुवैलाई मारिनुपर्छ ।
11आफ्नो बुबाकी पत्नीसँग सुत्ने मानिसले आफ्नो बुबाको नग्नतालाई प्रकट गर्दछ । त्यो छोरा र त्यसको बुबाकी पत्नी दुवै मारिनुपर्छ । तिनीहरूको रगत तिनीहरू आफैमाथि पर्ने छ ।
12यदि कोही मानिस आफ्नी बुहारीसँग सुत्यो भने, तिनीहरू दुवै मारिनुपर्छ । तिनीहरूले दुराचरण गरेका हुनाले तिनीहरू दोषी हुन्छन् र तिनीहरू मर्न योग्यका हुन्छन् ।
13कोही पुरुष स्त्रीसँग झैँ गरी अर्को पुरुषसँग सुत्यो भने, तिनीहरू दुवैले घृणास्पद काम गरेका छन् । तिनीहरू मारिनैपर्छ । तिनीहरू दोषी हुन्छन् र तिनीहरू मर्न योग्यका हुन्छन् ।
14कोही पुरुषले कुनै स्त्री र त्यसकी आमा दुवैलाई विवाह गर्यो भने, यो दुष्टता हो । त्यो पुरुष र ती दुवै स्त्री जलाइनुपर्छ ताकि तिमीहरूका बिचमा कुनै दुष्टता नहोस् ।
15कोही पुरुषले पशुसँग सहवास गरेमा त्यो मारिनैपर्छ, र तिमीहरूले त्यो पशुलाई पनि मार्नू ।
16कोही स्त्री पशुसँग सहवास गर्नलाई त्यसको नजिक गई भने, तिमीहरूले त्यस स्त्री र पशु दुवैलाई मार्नू । तिनीहरू निश्चय नै मारिनैपर्छ । तिनीहरू दोषी हुन्छन् र मर्न योग्यका हुन्छन् ।