20जब तिमीहरूले यरूशलेमलाई सेनाले घेरेको देख्नेछौ, तब त्यसको विनाश नजिकै छ भनी जान ।
21तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून् र जो सहरको बिचमा छन् तिनीहरू सहर बाहिर भागून्, र बाहिर हुनेहरू सहरभित्र नपसून् ।
22यी दिनहरू बदला लिने दिनहरू हुनेछन्, यसैले लेखिएका सबै कुराहरू पुरा हुनेछन् ।
23हाय ती दिनमा गर्भवती र दूध चुसाउने स्त्रीहरू ! त्यस देशमाथि महासङ्कष्ट आउनेछ, र ती मानिसहरूमाथि क्रोध आइपर्नेछ ।
24तिनीहरू तरवारले मारिनेछन् र सबै देशहरूमा तिनीहरू कैदी भएर जानेछन्, र गैरयहूदीहरूको समय पुरा नभएसम्म गैरयहूदीहरूले यरूशलेम नै कैदी बनाएर राख्नेछन् ।
25सूर्य, चन्द्रमा र ताराहरूमा चिह्नहरू देखा पर्नेछन् । अनि समुद्रका गर्जनहरू र छालहरूबाट पृथ्वीमा भएका राष्ट्रहरू कष्टमा पर्नेछन् ।
26संसारमा आइपर्न लागेका घटनाहरूका आशङ्काले मानिसहरू मुर्छित हुनेछन्, किनकि आकाशका शक्तिहरू डग्मगाउनेछन् ।
27त्यसपछि तिनीहरूले मानिसका पुत्रलाई ठुलो शक्ति र महामहिमाका साथ बादलमा आउँदै गरेको देख्नेछन् ।
28जब यी कुरा हुन आउनेछन्, उठ र आफ्ना शिरहरू ठाडो पारेर हेर, तिमीहरूको उद्धारको दिन नजिकै छ ।”
29येशूले उनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, “नेभाराको रुखलाई हेर र अरू सबै रुखहरूलाई पनि ।
30जब तिनहरूले पालुवा फेरेको तिमीहरूले देख्छौ, तब गृष्म ऋतु नजिकै छ भनी तिमीहरू आफैँले थाहा पाउनेछौ ।