6बेथ-लबाओत, शारूहेन ।
7शिमियोनका यी पनि थिएः ऐन, रिम्मोन, एतेर र आशान । यिनीहरू तिनीहरूका सहरहरूसहित चारवटा सहर थिए ।
8बालात-बेअरसम्म (अर्थात् नेगेवको रामा) यी सहरहरू वरिपरिका तिनीहरूका गाउँहरूलगायत सँगै थिए । यो कुल-कुलअनुसार शिमियोनको कुलको उत्तराधिकार थियो ।
9शिमियोनको कुलको उत्तराधिकारले यहूदाको कुलको क्षेत्रको भाग निर्धारण गर्यो । किनभने यहूदाको कुललाई दिइएको भाग तिनीहरूका निम्ति धेरै ठुलो भय । शिमियोनको कुलले तिनीहरूका भागको बिचबाट तिनीहरूका उत्तराधिकार पायो ।
10कुल-कुलअनुसार तेस्रो चिट्ठा जबूलूनको कुललाई पर्यो । तिनीहरूको उत्तराधिकारको सिमाना सारीदमा सुरु भयो ।
11तिनीहरूको सिमाना पश्चिमतिर मरलासम्म र दब्बेशेतलाई छोयो; त्यसपछि यो योक्नामको सामुन्नेको खोलासम्म फैलिएको थियो ।
12सारीदबाट सिमाना पूर्वतिर मोडियो र किस्लोथतबोरको सिमानासम्म छोयो । त्यहाँबाट दाबरतसम्म र यापीसम्म छोयो ।
13त्यहाँबाट यो पूर्वतिर छिचोलेर गात-हेपेर र इथ-कासीनसम्म पुग्यो; त्यसपछि यो रिम्मोनसम्म पुग्यो र नेआतिर मोडियो ।
14सिमानाले हन्नतोनतिर उत्तरतिर मोड लियो र यिप्ताहएलको बेँसीमा टुङ्गियो ।
15यो प्रदेशमा यी सहरहरू परेः काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथेलेहेम । तिनीहरूका गाउँहरूसहित बाह्रवटा सहर थिए ।
16यी सहरहरूलगायत तिनीहरूका गाउँहरूसहित कुल-कुलअनुसार यो जबूलूनको कुलको उत्तराधिकार थियो ।
17चौथो चिट्ठा कुल-कुलअनुसार इस्साखारको कुलको पर्यो ।
18तिनीहरूका क्षेत्रमा यी परेः यिजरेल, कसुल्लोत, शूनेम,
19हपरैम, शीओन र अनाहारत ।
20यसमा रब्बीत, किश्योन, एबेस,
21रेमेथ, एन-गन्नीम, एन-हद्दा र बेथ-पसेस पर्छन् ।
22तिनीहरूका सिमानाले तबोर, शहसूमा र बेथ-शेमेश छोयो र यर्दनमा अन्त भयो । तिनीहरूका गाउँहरूसहित सोह्रवटा सहर थिए ।
23तिनीहरूका गाउँहरूसहित तिनीहरूको कुलअनुसार यो इस्साखारको उत्तराधिकार थियो ।
24पाँचौँ चिट्ठा कुल-कुलअनुसार आशेरको कुलमा पर्यो ।
25तिनीहरूको सिमानामा हेल्कत, हली, बेतेन, अक्षाप,
26अल्लम्मेलेक, अमाद र मिशाल पर्थे । पश्चिमतिरको सिमाना कार्मेल र शीहोरलिब्नातसम्म फैलिएको थियो ।
27त्यसपछि यो पूर्वतिर बेथ-दागोनतिर र जबूलूनतिर लाग्यो र यिप्ताह-एलको बेँसीसम्म, उत्तरतिर बेथ-एमेक र नीएलसम्म पुग्यो । यो उत्तरतिर काबूलसम्म गयो ।
28यो एब्रोन, रहोब, हम्मोन र कनासाथै महा-सीदोनसम्म पुग्यो ।
29सिमाना रामातिर र टुरोसको किल्ला भएको सहरतिर मोडियो । त्यसपछि सिमाना होसातिर मोडियो र अक्जीबको प्रदेशमा,
30उम्मा, अपेक र रहोब समुद्रमा टुङ्गियो । तिनीहरूका गाउँहरूसहित बाइसवटा सहर थिए ।
31तिनीहरूको गाउँलगायत सहरहरू यो कुल-कुलअनुसार आशेरको कुलको उत्तराधिकार थियो ।
32छैठौँ चिट्ठा कुल-कुलअनुसार नप्तालीको कुललाई पर्यो ।