4बरु, उहाँले गरीबहरूका न्याय धार्मिकताले गर्नुहुन्छ र पृथ्वीका नम्रहरूका निम्ति उचित रूपमा निर्णय गर्नुहुन्छ । आफ्नो मुखको लट्ठीले उहाँले पृथ्वीलाई प्रहार गर्नुहुन्छ र आफ्नो मुखको सासले उहाँले दुष्टको नाश गर्नुहुन्छ ।
5धार्मिकता नै उहाँको कम्मर पेटी हुनेछ र विश्वस्तता उहाँको पटुका हुनेछ ।
6ब्वाँसो थुमासँग बस्नेछ र चितुवा पाठोसँग सुत्नेछ, बाछा, जवान सिंह र पोषिएको बाछा एकसाथ बस्नेछन् । एउटा सानो बालकले तिनीहरूलाई डोर्याउनेछ ।
7गाई र भालु सँगै चर्नेछन् र तिनीहरूका बच्चाहरू सँगै सुत्नेछन् । गोरुले झैं सिंहले पराल खानेछ ।