3तपाईंले आफ्नो सबै क्रोध हटाउनुभएको छ । तपाईं आफ्नो तातो रिसबाट पछि हट्नुभएको छ ।
4हे हाम्रा उद्धारका परमेश्वर, हामीलाई पुनर्स्थापना गर्नुहोस् र हामीप्रति तपाईंको अप्रशन्नता छोडिदिनुहोस् ।
5के तपाईं हामीसँग सधैं रिसाउनुहुनेछ र? के तपाईं भावी पुस्ताभरि नै रिसाउनुहुनेछ र?
6के तपाईंले हामीलाई फेरि पुनर्जीवित पार्नुहुन्न र? तब तपाईंका मानिसहरू तपाईंमा आनन्दित हुनेछन् ।
7हे परमप्रभु, हामीलाई तपाईंको करारको विश्वस्तता देखाउनुहोस् । हामीलाई तपाईंको मुक्ति दिनुहोस् ।
8परमप्रभु परमेश्वरले जे भन्नुहुन्छ सो म सुन्नेछु, किनकि उहाँले आफ्ना मानिसहरूसित, उहाँका विश्वासयोग्य अनुयायीहरूसित शान्ति कायम गर्नुहुनेछ । तापनि तिनीहरू फेरि मूर्ख मार्गहरूतिर फर्कनुहुँदैन ।
9निश्चय नै उहाँको उद्धार उहाँको भय मान्नेहरूका नजिक हुन्छ । तब हाम्रो देशमा महिमा रहनेछ ।