5तब मेरो शत्रुले मेरो जीवनलाई खेदोस् र मलाई नाश पारोस् । त्यसले मेरो जीवनलाई भूइँमा कुल्चोस् र मेरो आदर भूइँमा मिलाओस् । सेला
6हे परमप्रभु, आफ्नो रिसमा उठ्नुहोस् । मेरा शत्रुहरूका विरुद्ध खडा हुनुहोस् । मेरो खातिर जाग्नुहोस् र तपाईंले तिनीहरूलाई दिनुभएका धार्मिक आदेशहरू पुरा गर्नुहोस्
7देशहरू तपाईंको वरिपरि भेला हुन्छन् । तिनीहरूमाथि फेरि पनि आफ्नो उचित स्थान लिनुहोस् ।
8हे परमप्रभु, जातिहरूको न्याय गर्नुहोस् । हे परमप्रभु, मेरो सुरक्षा गर्नुहोस्, किनभने हे सर्वोच्च, म धर्मी र निर्दोष छु ।
9दुष्टका खराब कामहरूको अन्त होस्, तर हे धर्मी परमेश्वर, तपाईं जसले हृदय र मन जाँच्नुहुन्छ, धर्मी मानिसहरूलाई स्थापित गर्नुहोस् ।
10मेरो ढाल परमेश्वरबाट आउँछ, जसले सोझो हृदय हुनेलाई बचाउनुहुन्छ ।