28हे इस्राएल, तेरो परमेश्वरले तेरो सामर्थ्यको आदेश दिनुभएको छ । हामीलाई तपाईंको शक्ति प्रकट गर्नुहोस्, हे परमेश्वर, जसरी तपाईंले विगतका समयहरूमा प्रकट गर्नुभएको छ ।
29यरूशलेमको तपाईंको मन्दिरबाट हामीलाई तपाईंको शक्ति प्रकट गर्नुहोस्, जहाँ राजाहरूले तपाईंलाई उपहारहरू ल्याउँछन् ।
30नर्कटका जङ्गली पशुहरूका विरुद्धमा, साँढेहरू र बाछाहरूजस्ता मानिसहरूका भीडको विरुद्धमा कराउनुहोस् । तिनीहरूलाई होच्याउनुहोस् र तपाईंलाई उपहारहरू ल्याउने तिनीहरूलाई बनाउनुहोस् । युद्ध गर्न मन पराउने मानिसहरूलाई तितरबितर पार्नुहोस् ।
31मिश्रदेशबाट शासकहरू बाहिर आउनेछन् । कूशले आफ्नै हातहरूले परमेश्वरको नजिक जान हतार गर्नेछ ।
32हे पृथ्वीका राज्यहरू हो, परमेश्वरको निम्ति गाओ । सेला पमरप्रभुको स्तुति गाओ ।
33आकाशका स्वर्गमा सवारहुनुहुनेलाई, जुन प्राचीन समयदेखि अस्तित्वमा छ । हेर, शक्तिले उहाँले आफ्नो आवाज उचाल्नुहुन्छ ।
34परमेश्वरलाई बलको निम्ति श्रेय देओ । इस्राएलमा उहाँको ऐश्वर्य छ र उहाँको बल आकाशमा छ ।
35हे परमेश्वर, तपाईं आफ्नो पवित्र स्थानमा भयवह हुनुहुन्छ । इस्राएलको परमेश्वर जसले आफ्ना मानिसहरूलाई बल र शक्ति दिनुहुन्छ ।