3हे परमप्रभु, बिहान तपाईंले मेरो रोदन सुन्नुहुन्छ । बिहानै म आफ्नो बिन्ती तपाईंकहाँ ल्याउनेछु र आसा गरेर पर्खिनेछु ।
4निश्चय नै तपाईं खराबी ग्रहण गर्ने परमेश्वर हुनुहुन्न । दुष्ट मानिसहरू तपाईंका पाहुनाहरू हुनेछैनन् ।
5अहङ्कारी तपाईंको उपस्थितिमा खडा हुनेछैनन् । दुष्ट किसिमले व्यवहार गर्ने सबैलाई तपाईंले घृणा गर्नुहुन्छ ।