Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 57

भजनसंग्रह 57:3-6

Help us?
Click on verse(s) to share them!
3उहाँ स्वर्गबाट सहायता पठाउनुहुनेछ र मलाई बचाउनुहुनेछ । मलाई कुल्चनेहरूसँग उहाँ क्रुद्ध हुनुहुन्छ । सेला परमेश्‍वरले मलाई उहाँको दया र विश्‍वस्‍तता पठाउनुहुनेछ ।
4मेरो जीवन सिंहहरूका माझमा छ । मेरो नाश गर्न तयार भएकाहरूका माझमा म छु । म ती मानिसहरूका माझमा छु जसका दाँतहरू भालाहरू र काँडहरू हुन्, र जसका जिब्राहरू धारिला तरवारहरू हुन् ।
5हे परमेश्‍वर, आकाशभन्दा उच्‍च हुनुहोस् । तपाईंको महिमा सारा पृथ्वीमाथि उच्‍च होस् ।
6तिनीहरू मेरा खुट्टाहरूका निम्ति जाल फिंजाउँछन् । म संकष्‍टमा थिएँ । तिनीहरूले मेरै सामु खल्डो खने । त्‍यसको बिचमा तिनीहरू आफै खसेका छन् । सेला

Read भजनसंग्रह 57भजनसंग्रह 57
Compare भजनसंग्रह 57:3-6भजनसंग्रह 57:3-6