Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 35

भजनसंग्रह 35:11-16

Help us?
Click on verse(s) to share them!
11अधर्मी साक्षीहरू खडा हुन्छन् । तिनीहरू मलाई झुटो दोष लगाउँछन् ।
12तिनीहरूले मलाई भलाइको सट्टा खराबी गर्छन् । म दुःखी छु ।
13तर तिनीहरू बिरामी हुँदा, मैले भाङ्ग्रा लगाएँ । मेरो शिर छातीमा निहुर्‍याएर मैले तिनीहरूको निम्ति उपवास बसें ।
14मेरो आफ्नै भाइलाई झैं मैले शोक गरें । मेरी आमाको निम्ति झैं मैले विलाप गरें ।
15तर जब मैले ठेस खाएँ, तब तिनीहरू खुसी भए र एकसाथ भेला भए । तिनीहरू मेरो विरुद्धमा एकसाथ भेला भए र तिनीहरूले मलाई छक्‍क पारे । तिनीहरूले मलाई निरन्तर हप्‍काए ।
16कत्ति पनि आदर नगरी तिनीहरूले मेरो गिल्‍ला गरे । तिनीहरूले क्रोधमा ममाथि आफ्‍ना दाँत किटे ।

Read भजनसंग्रह 35भजनसंग्रह 35
Compare भजनसंग्रह 35:11-16भजनसंग्रह 35:11-16