4परमप्रभुको सोर शक्तिशाली छ । परमप्रभुको सोर महिमित छ ।
5परमप्रभुको सोरले देवदारुहरूलाई भाँचिदिन्छ । परमप्रभुले लेबनानका देवदारुहरूलाई टुक्रा-टुक्रा पार्नुहुन्छ ।
6उहाँले लेबनानलाई बाछोझैं र सिरिओनलाई जवान गोरुझैं उफ्रन लगाउनुहुन्छ ।
7परमप्रभुको सोरले आगोको ज्वालाहरू पठाउँछ ।
8परमप्रभुको सोरले उजाड-स्थानलाई हल्लाउँछ । परमप्रभुले कादेशको उजाड-स्थानलाई थर्कमान पार्नुहुन्छ ।