2जब खराबी गर्नेहरू मेरो मासु खान नजिक आए, तब मेरा वैरीहरू र मेरा शत्रुहरूले ठेस खाए र ढले ।
3फौजले मेरो विरुद्ध शिविर हाले तापनि, मेरो हृदय डराउने छैन । मेरो विरुद्धमा युद्ध भए तापनि म दृढ रहनेछु ।
4मैले परमप्रभुसित एउटा कुरा मागेको छु र म त्यो खोज्नेछुः परमप्रभुको सुन्दरता हेर्न, र उहाँको मन्दिरमा मनन गर्न, मेरो जीवनका सारा दिन म परमप्रभुको मन्दिरमा बस्न सकूँ ।
5किनकि कष्टको दिनमा उहाँले मलाई आफ्नो छहारीमा लुकाउनुहुनेछ । उहाँको आफ्नो पालको कभरभित्र मलाई लुकाउनुहुनेछ । उहाँले मलाई चट्टानमाथि उच्च पार्नुहुनेछ ।
6तब मेरो चारैतिर भएका मेरा शत्रुहरूमाथि मेरो शिर उच्च पारिनेछ र उहाँको पालमा आनन्दका बलिहरू म चढाउनेछु । परमप्रभुको निम्ति म गीत रच्नेछु र गाउनेछु ।
7हे परमप्रभु, मैले पुकारा गर्दा मेरो सोर सुन्नुहोस् । ममाथि दया गर्नुहोस् र मलाई जवाफ दिनुहोस् ।