6उहाँले तिनलाई सदासर्वदाको निम्ति स्थापित पनि गर्नुभएको छ । उहाँले एउटा आदेश जारी गर्नुभयो जो कहिल्यै बद्लिंदैन ।
7पृथ्वीबाट उहाँको प्रशंसा गर, हे समुद्रका विशाल जन्तुहरू र सागरका गहिराइहरू हो,
8हे आगो र असिना, हिउँ र बादल, उहाँको वचन पुरा गर्ने आँधी बेहरी हो ।
9उहाँको प्रशंसा गर, हे सबै पहाड र डाँडाहरू, फलका रूखहरू र सबै देवदारुहरू हो,
10जङ्गली पशुहरू र पाल्तु पशुहरू, घस्रने प्राणीहरू र चराहरू हो ।
11परमप्रभुको प्रशंसा गर, हे पृथ्वीका राजाहरू र सबै जातिहरू, शासकहरू र पृथ्वीमा शासन गर्ने सबैले,
12जवान पुरुषहरू र जवान स्त्रीहरू, वृद्धहरू र बालकहरू दुवैले ।
13तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र उच्च पारिन्छ र उहाँको महिमाले पृथ्वी र स्वर्गलाई ढाक्छ ।