1परमप्रभुको प्रशंसा गर, किनकि हाम्रा परमेश्वरको स्तुति गाउनु असल कुरा हो । यो सुखद हुन्छ र प्रशंसा उचित छ ।
2परमप्रभुले यरूशलेम पुनःनिर्माण गर्नुहुन्छ । उहाँले छरिएका इस्राएलका मानिसलाई एकसाथ भेला गर्नुहुन्छ ।
3तोडिएको हृदयलाई उहाँले निको पार्नुहुन्छ र तिनीहरूका घाउहरू बाँधिदिनुहुन्छ ।
4उहाँले ताराहरू गन्नुहुन्छ । उहाँले तिनीहरू सबैलाई नाउँ दिनुहुन्छ ।
5हाम्रा परमप्रभु महान् र शक्तिमा भयङ्कर हुनुहुन्छ । उहाँको समझलाई नाप्न गर्न सकिंदैन ।
6परमप्रभुले थिचोमिचोमा परेकालाई माथि उठाउनुहुन्छ । उहाँले दुष्टहरूलाई तल जमिनमा झार्नुहुन्छ ।
7धन्यवादसाथ परमप्रभुको प्रशंसा गर । वीणा बजाएर हाम्रो परमेश्वरको प्रशंसा गर ।
8उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ र पृथ्वीको निम्ति झरी तयार पार्नुहुन्छ । पहडाहरूमाथि घाँस उमार्नुहुन्छ ।
9उहाँले पशुहरूलाई र कागहरूका बचेराहरूले पुकारा गर्दा तिनीहरूलाई भोजन दिनुहुन्छ ।
10घोडाको बलमा उहाँ प्रशन्न हुनुहुन्न । मानिसका बलियो गोडाहरूमा उहाँ खुसी हुनुहुन्न ।
11परमप्रभुलाई आदर गर्नेहरूसँग उहाँ प्रशन्न हुनुहुन्छ, जसले उहाँको करारको विश्वस्ततामा आसा गर्छन् ।
12हे यरूशलेम, परमप्रभुको प्रशंसा गर् । हे सियोन, तेरो परमेश्वरको प्रशंसा गर् ।
13किनकि उहाँले तेरा ढोकाहरूका डण्डाहरू बलियो बनाउनुहुन्छ । उहाँले तेरो माझमा भएका तेरा छोराछोरीलाई आशिष् दिनुहुन्छ ।