4एउटा पुस्ताले तपाईंका कामहरूको प्रशंसा अर्को पुस्तालाई गर्नेछ र तपाईंका शक्तिशाली कामहरू घोषणा गर्नेछ ।
5म तपाईंको महिमाको ऐश्वर्य र तपाईंका अचम्मका कामहरू ध्यान गर्नेछु ।
6तिनीहरूले तपाईंका भयानक कामहरूका शक्तिको बारेमा भन्नेछन् र म तपाईंको महान्ताको घोषणा गर्नेछु ।
7तिनीहरूले तपाईंको प्रचूर भलाइको घोषणा गर्नेछन् र तिनीहरूले तपाईंको धार्मिकताको बारेमा गाउनेछन् ।
8परमप्रभु अनुग्रही र कैपालु, रिसमा ढिला र करारको विश्वस्ततामा प्रशस्त हुनुहुन्छ ।