7माथिबाट आफ्नो हात पसार्नुहोस् । धेरै पानीबाट र विदेशीहरूका हातबाट मलाई बचाउनुहोस् ।
8तिनीहरूका मुखहरूले झुटा बोल्छन् र तिनीहरूका दाहिने हात झुटा हो ।
9हे परमेश्वर, म तपाईंको निम्ति एउटा नयाँ गीत गाउनेछु । दस तारे वीणासँगै म तपाईंको स्तुति गाउनेछु,
10जसले राजाहरूलाई उद्धार दिनुहुन्छ, जसले आफ्नो सेवक दाऊदलाई दुष्ट तरवारबाट बचाउनुभयो ।