Text copied!
CopyCompare
पवित्र बाइबल - गन्ती - गन्ती 23

गन्ती 23:20-28

Help us?
Click on verse(s) to share them!
20हेर्नुहोस्, आशिष् दिने आज्ञा मलाई दिइएको छ । परमेश्‍वरले आशिष् दिनुभएको छ र म यसलाई उल्टाउन सक्दिनँ ।
21उहाँले याकूबसँग कुनै कठिनाइ वा इस्राएलमा कुनै कष्‍ट देख्‍नुभएको छैन । परमप्रभु तिनीहरूका परमेश्‍वर तिनीहरूसँग हुनुहुन्छ र तिनीहरूका राजाको जय-ध्वनि तिनीहरूमाझ छ ।
22परमेश्‍वरले तिनीहरूलाई जङ्गली गोरुको जस्तै शक्‍तिले मिश्रबाट ल्याउनुभयो ।
23याकूब विरुद्ध कुनै टुनामुनाले काम गर्दैन र इस्राएललाई कुनै जोखनाले हानि पुर्‍याउँदैन । बरु, याकूब र इस्राएलबारे यसो भन्‍नुपर्छ, 'हेर, परमेश्‍वरले के गर्नुभएको छ !'
24हेर, मानिसहरू सिंहनीजस्तै उठ्छन्, सिंहजस्तै उठ्छन् र आक्रमण गर्छन् । त्यो आफ्नो सिकारलाई नखाएसम्म र त्यसले मारेको सिकारको रगत नपिएसम्म आराम गर्दैन ।”
25त्यसपछि बालाकले बालामलाई भने, “तिनीहरूलाई सराप नदिनुहोस् वा आशिष् पनि नदिनुहोस् ।”
26तर बालामले जवाफ दिए र भने, “के परमप्रभुले भन्‍नलाई बताउनुभएको कुरा मात्र मैले भन्‍नुपर्छ भनी मैले भनेको थिइनँ र ?”
27त्यसैले बालाकले बालामलाई जावाफ दिए, “अब आउनुहोस्, म तपाईंलाई अर्को ठाउँमा लैजान्छु । सायद त्यहाँबाट मेरो निम्ति तिनीहरूलाई सराप दिन परमेश्‍वरले इच्छा गर्नुहुने छ ।”
28त्यसैले बालाकले बालामलाई पोरको टाकुरामा लगे, जहाँबाट तल मरुभूमि देखिन्छ ।

Read गन्ती 23गन्ती 23
Compare गन्ती 23:20-28गन्ती 23:20-28