Text copied!
CopyCompare
पवित्र बाइबल - लुका - लुका 2

लुका 2:1-5

Help us?
Click on verse(s) to share them!
1ती दिनहरूमा रोमी साम्राज्यभित्र बस्‍ने सबै जनाको जनगणना गर्नू भनी कैसर अगस्टसले उर्दी जारी गरे ।
2कुरेनियस सिरियाका हाकिम हुँदाको यो पहिलो जनगणना थियो ।
3त्यसैले, सबै जना आ-आफ्ना गाउँमा जनगणनाका लागि नाउँ दर्ता गर्न गए ।
4योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेममा गए, जुन ठाउँ दाऊदको सहरको नामले चिनिन्‍थ्‍यो, किनभने उनी दाऊदको वंशका थिए ।
5उनी मरियमसँगै दर्ता गर्न त्‍यहाँ गएका थिए, जससँग उनको मगनी भएको थियो र तिनले एउटा बालकको आशा गरेका थिए ।

Read लुका 2लुका 2
Compare लुका 2:1-5लुका 2:1-5