Text copied!
CopyCompare
पवित्र बाइबल - रोमी - रोमी 4

रोमी 4:13-24

Help us?
Click on verse(s) to share them!
13किनकि अब्राहाम र उनका सन्तानहरूलाई दिइएको प्रतिज्ञा अर्थात् तिनीहरू संसारको उत्तराधिकार हुने प्रतिज्ञा व्यवस्थाद्वारा दिइएको थिएन । बरु, यो विश्‍वासको धार्मिकताद्वारा थियो ।
14किनकि यदि ती व्यवस्थाकाहरू उत्तराधिकारीहरू हुन् भने विश्‍वासीलाई त रित्तो बनाइयो र प्रतिज्ञालाई रद्द गरियो ।
15किनकि व्यवस्थाले क्रोध ल्याउँछ, तर जहाँ व्यवस्था छैन त्यहाँ अनाज्ञाकारिता हुँदैन ।
16यसैले, यो विश्‍वासद्वारा हुन्छ, ताकि त्यो अनुग्रहद्वारा हुन सकोस् । परिणामस्वरूप, प्रतिज्ञा सारा सन्तानहरूका निम्ति निश्‍चित छ । अनि यी सन्तानहरूले केवल व्यवस्था जान्‍नेहरूलाई मात्र होइन, तर ती अब्राहामको विश्‍वासबाट आएकाहरूलाई पनि समेट्छन् । किनकि उनी हामी सबैका पिता हुन् ।
17जस्तो लेखिएको छ, “मैले तिमीलाई धेरै जातिहरूका पिता बनाएको छु ।” अब्राहाम आफूले भरोसा गरेका परमेश्‍वरको उपस्थितिमा थिए, जसले मरेकालाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई अस्तित्वमा ल्याउन सक्‍नुहुन्छ ।
18यी सारा बाहिरी परिस्थितिहरूका बाबजुद पनि भविष्यको निम्ति अब्राहामले परमेश्‍वरमा दृढतासाथ भरोसा गरे । त्यसैले, उनी “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनिएअनुसार धेरै जातिहरूका पिता बने ।
19उनी विश्‍वासमा कमजोर थिएनन् । अब्राहामले बुझे, कि उनको शरीर बालक जन्माउन समर्थ थिएन (किनकि उनी करिब एक सय वर्ष पुगेका थिए) । साराको कोख पनि बालक पैदा गर्न समर्थ थिएन भन्‍ने पनि उनले स्वीकार गरे ।
20तर परमेश्‍वरको प्रतिज्ञाका कारण, अब्राहाम अविश्‍वासमा रोकिएनन् । बरु, उनलाई विश्‍वासमा बलियो बनाइयो र उनले परमेश्‍वरको प्रशंसा गरे ।
21परमेश्‍वरले जे कुरा प्रतिज्ञा गर्नुभएको थियो, त्यो उहाँ पुरा गर्न सक्षम पनि हुनुहुन्थ्यो भनी उनी पूर्ण रूपमा विश्‍वस्त थिए ।
22त्यसकारण, यो उनको निम्ति धार्मिकता गनियो ।
23अब यो केवल उनको भलाइको निम्ति गनिएको थिएन ।
24यो हाम्रो निम्ति पनि लेखिएको थियो, जसको निम्ति यो गनिनेछ, हामी जसले हाम्रा येशू प्रभुलाई मृत्युबाट जीवित पार्नुहुनेमा विश्‍वास गर्छौं ।

Read रोमी 4रोमी 4
Compare रोमी 4:13-24रोमी 4:13-24