3इन्साफको दिनमा टाढाबाट विनाश आउँदा तिमीहरू के गर्नेछौ? सहायताको निम्ति तिमीहरू कसकहाँ भागरे जानेछौ र आफ्नो सम्पत्तिलाई तिमीहरू कहाँ छोड्नेछौ?
4कुनै पनि कुरा बाँकी रहँदैन र कैदीहरूका माझमा तिमीहरू झुक्नेछौ वा मारिएकाहरू माझमा ढल्नेछौ । यी सबै कुराहरूमा उहाँको रिस मर्दैन । बरु उहाँको हात अझै पसारिएकै छ ।
5अश्शूरलाई धिक्कार, जो मेरो रिसको लट्ठी हो, त्यो लहुरो जसद्वारा म आफ्नो क्रोध मच्चाउँछु!
6त्यसलाई अहङ्कारी जातिको विरुद्ध र मेरो पुरा क्रोध पाउने मानिसहरूको विरुद्ध म पठाउँछु । लूटका मालहरू लिने, शिकार लिने र तिनीहरूलाई गल्लीको हिलोलाई झैं कुल्चने आज्ञा म उसलाई दिन्छु ।
7तर यो उहाँको इच्छा होइन, न त उहाँले यसरी सोच्नुहुन्छ । धेरै जातिहरूलाई विनाश गर्ने र निमिट्यान्न पार्ने कुरा उहाँको मनमा छ ।
8किनकि उहाँले भन्नुहुन्छ, “मेरा सबै शासकहरू राजाहरू होइनन्?
9के कल्नो कर्कमीशजस्तै होइन र? के हमात अर्पादजस्तै होइन र? के सामरिया दमस्कसजस्तै होइन र?
10जसरी मेरो हातले मूर्तीपुजक राज्यहरूलाई जितेको छ, जसका कुँदेका मूर्तिहरू यरूशलेम र सामरियामा भएका भन्दा धेरै थिए,
11सामरिया र त्यसको व्यार्थका मूर्तीहरूलाई मैले जे गरें, यरूशलेम र त्यसको मूर्तीहरूलाई पनि म त्यसै गर्नेछैन र?”
12जब परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा आफ्नो काम सिद्ध्याउनुभएको छ, तब म अश्शूरका राजाको अहङ्कारी हृदयको बोली र त्यसको घमण्डी हेराइलाई दण्ड दिनेछु ।
13किनकि त्यसले भन्छ, “मेरो सामर्थ्य र मेरो बुद्धिले मैले काम गरें । मसँग समझ छ, र मैले मानिसहरूका सिमानाहरू हटाएको छु । मैले तिनीहरूको बहुमूल्य सम्पत्ति चोरेको छु, र साँढेले झैं मैले बासिन्दाहरूलाई होच्याएको छु ।