22किनकि तपाईंका मानसिहरू इस्राएल समुद्र किनारको बालुवाझैं भए तापनि, तिनीहरूमा बाँकी रहेकाहरू मात्र फर्कनेछन् । प्रशस्त धार्मिकताले माग गरेझैं, विनाशलाई आदेश दिइएको छ ।
23निर्धारण गरिएको विनाशलाई परमप्रभु सर्वशक्तिमान् परमप्रभुले सम्पूर्ण देशभरि ल्याउन लाग्नुभएको छ ।
24यसकारण परमप्रभु सर्वशक्तिमान् परमप्रभुले भन्नुहुन्छ, “ए सियोनमा बस्ने मेरा मानिसहरू हो, अश्शूरसँग नडराओ । त्यसले तिमीहरूलाई आफ्नो लट्ठीले प्रहार गर्नेछ र तिमीहरूको विरुद्धमा त्यसको लहुरो उठाउनेछ जस्तो मिश्रीहरूले गरे ।
25त्यससँग नडराओ किनकि तिमीहरू विरुद्धको मेरो रिस चाँडै अन्त हुनेछ र मेरो क्रोधले त्यसको विनाशमा लैजानेछ ।”
26तब सर्वशक्तिमान् परमप्रभुले ओरेबको चट्टानमा मिद्यानलाई पराजित गरेझैं तिनीहरूका विरुद्ध कोर्रा चलाउनुहुनेछ । उहाँले आफ्नो हात समुद्रमाथि उठाउनुहुनेछ र उहाँले मिश्रमा गर्नुभएझैं यसलाई माथि उचाल्नुहुनेछ ।
27त्यस दिन, तिमीहरूका कुममा भएको त्यसको बोझ र तिमीहरूको काँधमा भएको जुवा हटाइनेछ र मोटोपनको कारणले जुवा नष्ट पारिनेछ ।
28शत्रुहरू अय्यातमा आएका छन् र मिग्रोन भएर गएका छन् । मिकमाशमा त्यसले आफ्नो खाद्यन्नहरू भण्डारण गरेको छ ।
29तिनीहरूले भञ्जयाङ पार गरेका छन् र गेबामा बास बसेका छन् । रामा काँप्छ र शाऊलको गिबा भागेको छ ।