Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 94

भजनसंग्रह 94:10-21

Help us?
Click on verse(s) to share them!
10उहाँ जसले जातिहरूलाई अनुशासित गर्नुहुन्‍छ, के उहाँले सच्‍याउनुहुन्‍न र? मानिसलाई ज्ञान दिने उहाँ नै हुनुहुन्‍छ ।
11परमप्रभुले मानिसहरूका विचारहरू जान्‍नुहुन्‍छ, ती वाफ हुन् ।
12हे परमप्रभु, तपाईंले जसलाई शिक्षा दिनुहुन्छ, जसलाई तपाईंले आफ्नो व्यवस्था सिकाउनुहुन्छ, त्यो धन्यको हो ।
13दुष्‍टहरूका निम्ति खाडल नखनेसम्म तपाईंले त्यसलाई कष्‍टको समयमा विश्राम दिनुहुन्छ ।
14किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई त्यग्‍नुहुन्‍न वा आफ्ना उत्तराधिकारलाई छोड्‍नुहुन्‍न ।
15फैसला फेरि धर्मीको आधारमा हुनेछ । अनि हृदयमा सोझो हुनेहरू सबै जनाले यसको अनुसरण गर्नेछन् ।
16खराब गर्नेहरूका विरुद्धमा मेरो सुरक्षा गर्न को उठ्नेछ? दुष्‍टको विरुद्धमा मेरो समर्थनमा को खडा हुनेछ ?
17परमप्रभु मेरो सहायता नहुनुभएको भए, म तुरुन्‍तै मौनताको ठाउँमा पल्टिरहेको हुनेथिएँ ।
18जब मैले भनें, “मेरो खुट्टा चिप्‍लँदैछ,” हे परमप्रभु, तपाईंको करारको विश्‍वस्‍तताले मलाई माथि उचाल्‍यो ।
19जब मभित्र फिक्रीहरू धैरै हुन्छन्, तब तपाईंका सान्त्वनाहरूले मलाई खुसी बनाउँछन् ।
20के विनाशको सिंहासन, जसले नियमद्वारा अन्यायको सृजना गर्छ सो तपाईंसँग मिल्न सक्छ र?
21तिनीहरू धर्मीको ज्यान लिन सँगै षड्यन्त्र रच्‍छन् र तिनीहरूले निर्दोषलाई मृत्युदण्ड दिन्छन् ।

Read भजनसंग्रह 94भजनसंग्रह 94
Compare भजनसंग्रह 94:10-21भजनसंग्रह 94:10-21