5तिमी रातको त्रसदेखि वा दिनमा आउने काँडदेखि,
6वा अँध्यारोमा चाहार्ने रूढी वा मध्यदिनमा आउने रोगदेखि भयभीत हुनेछैनौ ।
7हजार जना तिम्रो छेउमा र तिम्रो दाहिने हातपट्टि दश हजार जना ढल्लान्, तर त्यो तिमीकहाँ आउनेछैन ।
8तिमीले दुष्टको दण्ड नियाल्ने र देख्ने मात्र छौ ।
9किनकि पमरप्रभु मेरो शरणस्थान हुनुहुन्छ । सर्वोच्चलाई तिम्रो पनि शरणस्थान बनाऊ ।
10कुनै खराबीले तिमीलाई जित्नेछैन । तिम्रो घर नजिक कुनै कष्ट आउनेछैन ।
11किनकि उहाँले तिमीलाई सुरक्षा दिन, तिम्रा सबै मार्गमा तिम्रो रेखदेख गर्न आफ्ना स्वर्गदूतहरूलाई निर्देशन दिनुहुनेछ ।
12तिनीहरूले तिमीलाई आफ्ना हातले थाम्नेछन्, ताकि तिमीले आफ्ना खुट्टालाई ढुङ्गामा ठोकाउनेछैनौ ।