15ती मानिसहरू धन्य हुन् जसले तपाईंको आराधना गर्छन्! हे परमप्रभु, तिनीहरू तपाईंको मुहारको प्रकाशमा हिंड्छन् ।
16तिनीहरू तपाईंको नाउँमा दिनभरि रमाउँछन् र तपाईंको धार्मिकतामा तिनीहरूले तपाईंलाई उचाल्छन् ।
17तपाईं तिनीहरूका ऐश्वर्यको बल हुनुहुन्छ र तपाईंको कृपाले हामी विजयी भएका छौं ।
18किनकि हाम्रो ढाल परमप्रभुको हो । हाम्रा राजा इस्राएलका परमपवित्रका हुन् ।
19धेरै अघि आफ्ना विश्वासी जनहरूसँग तपाईं बोल्नुभयो । तपाईंले भन्नुभयो, “मैले वीर मानिसलाई मुटुक लगाइदिएको छु ।” मैले मानिसहरू माझबाट चुनिएको एक जनालाई उठाएको छु ।
20मैले आफ्नो सेवक दाऊदलाई चुनेको छु । मैले त्यसलाई मेरो पवित्र तेलले अभिषेक गरेको छु ।
21मेरो हातले त्यसलाई सहयत दिनेछ । मेरो बाहुलीले त्यसलाई बलियो बनाउनेछ ।
22कुनै पनि शत्रुले त्यसलाई छल गर्नेछैन । दुष्टताका कुनै पनि सन्तानले त्यसलाई थिचोमिचो गर्नेछैन ।
23त्यसको सामु भएका शत्रुहरूलाई म चूर पार्नेछु । त्यसलाई घृणा गर्नेहरूलाई म मार्नेछु ।