4तपाईंका मन्दिरमा बस्नेहरू धन्यका हुन् । तिनीहरूले निरन्तर तपाईंको प्रशंसा गर्छन् । सेला
5त्यो मानिस धन्यको हो जसको बल तपाईंमा छ, जसको हृदयमा सियोन जाने मूलबाटो छ ।
6आँसुको बेसीबाट जाँदा तिनीहरूले पिउनलाई पानीको मूलहरू भेट्टाउँछन् । सुरुको वर्षाले यसलाई आशिष्ले ढाक्छ ।
7तिनीहरूले बलमाथि बल पाएर जान्छन् । तिनीहरूमध्ये हरेक सियोनमा परमेश्वरको सामु देखा पर्छन् ।