1हे सर्वशक्तिमान् परमप्रभु, तपाईं बस्ने ठाउँ कति सुन्दर छ!
2परमप्रभुको चोकको निम्ति म उत्कट इच्छा गर्छु । यसको निम्ति मेरो इच्छाले मलाई थकित बनाएको छ । मेरो हृदय र मेरो सारा प्राणले जीवित परमेश्वरमा पुकारा गर्छ ।
3हे सर्वशक्तिमान् परमप्रभु, मेरो राजा, र मेरो परमेश्वर, भँगेराले आफ्नो गुँड, अनि गौंथलीले तपाईंको वेदीहरूको नजिकै त्यसका बचेराहरू राख्न आफ्नो गुँड भेट्टाएको छ ।