Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 83

भजनसंग्रह 83:11-16

Help us?
Click on verse(s) to share them!
11तिनीहरूका भारदारहरूलाई ओरेब र जएबझैं, र तिनीहरूका सबै शासकहरूलाई जेबह र सल्मुन्‍नझैं बनाउनुहोस् ।
12तिनीहरूले भने, “हामीले आफ्नो निम्ति परमेश्‍वरको खर्क लिऊँ ।”
13हे मेरो परमेश्‍वर, तिनीहरूलाई मडारिंदै उडेको धूलोझैं, हावाले उडाइको भुसैझैं बनाउनुहोस् ।
14वन डढाउने आगोझैं र पहाडको आगोको ज्‍वालाझैं बनाउनुहोस् ।
15तपाईंको शक्तिसाली हावाले तिनीहरूलाई लखेट्नुहोस् र तपाईंको हुरीबतासले तिनीहरूलाई त्रसित पार्नुहोस् ।
16हे परमप्रभु, तिनीहरूको मुहार लाजले भर्नुहोस् ताकि तिनीहरूले तपाईंको नाउँ खोजी गरून् ।

Read भजनसंग्रह 83भजनसंग्रह 83
Compare भजनसंग्रह 83:11-16भजनसंग्रह 83:11-16