6तपाईंलाई नचिन्ने जातिहरूमाथि र तपाईंको नाउँ पुकारा नगर्ने राज्यहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस् ।
7किनकि तिनीहरूले याकूबलाई निलेका र त्यसका गाउँहरूलाई नाश पारेका छन् ।
8हाम्रा पुर्खाहरूका पापहरू हाम्रा विरुद्धमा नलिनुहोस् । तपाईंका कृपापूर्ण कामहरू हामीकहाँ आऊन्, किनकि हामी धेरै निम्न छौं ।
9हे हाम्रा उद्धारका परमेश्वर, तपाईंको नाउँको महिमाको खातिर हामीलाई सहायता गर्नुहोस् । तपाईंको नाउँको खातिर हामीलाई बचाउनुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस् ।
10जातिहरूले किन यसो भन्ने “तिनीहरूका परमेश्वर खोइ कहाँ छ?” तपाईंका सेवकहरूका रगत बगाइएको बदला जातिहरूमाथि हाम्रै सामु लिनुहोस् ।
11कैदीहरूका सुस्केरा तपाईंको सामु आओस् । तपाईंको शक्तिको महान्ताले मृत्युका सन्तानहरूलाई जीवित राख्नुहोस् ।
12हे परमप्रभु, छिमेकी देशहरूले तपाईंलाई जति अपमान गरेका छन् त्यसको सात गुणा बढी बदला तिनीहरूसँग लिनुहोस् ।