60शीलोको पवित्रस्थान, उहाँ मानिसहरूका बिचमा बास गर्नुभएको पाललाई उहाँले त्याग्नुभयो ।
61उहाँले आफ्नो सामर्थ्यलाई कसैको कब्जामा सुम्पिदिनुभयो र आफ्नो महिमालाई शत्रुहरूका हातमा सुम्पिनुभयो ।
62उहाँले आफ्ना मानिसहरूलाई तरवारमा सुम्पिनुभयो र उहाँ आफ्ना उत्तराधिकारसँग रिसाउनुभयो ।
63आगोले तिनीहरूका जवान मानिसहरूलाई भष्म पारे, र तिनीहरूका जवान स्त्रीहरूसँग विवाहको गीत थिएन ।
64तिनीहरूका पुजारीहरू तरवारले ढले र तिनीहरूका विधवाहरू रुन सकेनन् ।
65अनि परमप्रभु निद्राबाट जागेझैं, दाखमद्यको कारणले कराउने योद्धाजस्तै उठ्नुभयो ।
66उहाँले आफ्ना वैरीहरूलाई पछि फर्काउनुभयो । उहाँले तिनीहरूलाई अनन्त लाजमा पार्नुभयो ।
67उहाँले योसेफको पाललाई इन्कार गर्नुभयो र उहाँले एफ्राइमको कुललाई चुन्नुभएन ।