6तिनीहरूले बट्टाहरूलाई फुटाएका छन् र टुक्र-टुक्रा पारेका छन् । तिनीहरूले बन्चरो र घनहरूले फुटाए ।
7तपाईंको पवित्रस्थान तिनीहरूले आगोले जलाए । तपाईं वास गर्नुहुने ठाउँलाई तिनीहरूले भूइँमा ढालेर अपवित्र पारे ।
8तिनीहरूले आफ्ना हृदयहरूमा भने, “तिनीहरू सबैलाई हामी नाश गर्नेछौं ।” देशमा भएका तपाईंको आराधना हुने ठाउँहरू सबै तिनीहरूले जलाए ।
9हामी अब कुनै चिन्हहरू देख्दैनौं । अब कोही अगमवक्ता छैनन् र यो कहिलेसम्म रहन्छ भनी हाम्रा बिचमा हुने कसैले पनि जान्दैन ।
10हे परमेश्वर, शत्रुहरूले कहिलेसम्म हामीलाई अपमान गर्छन्? के शत्रुहरूले सदासर्वदा तपाईंको निन्दा गर्नेछन् ?
11आफ्नो बाहुली, तपाईंको दाहिने हात तपाईंले किन रोक्नुहुन्छ? आफ्नो दाहिने हात आफ्नो खल्तीबाट झिक्नुहोस् र तिनीहरूलाई नाश पार्नुहोस् ।
12तापनि पृथ्वीमा उद्धार ल्याउनुभएर परमेश्वर प्राचीन समयदेखि नै मेरो राजा हुनुभएको छ ।
13तपाईंले समुद्रलाई आफ्नो शक्तिले विभाजन गर्नुभयो । तपाईंले समुद्री भयानक जन्तुहरूका शिरहरू तोड्नुभयो ।
14तपाईंले लिव्यातन्को शिर कुच्याउनुभयो । तपाईंले त्यसलाई उजास्थानमा बस्नेहरूलाई खुवाउनुभयो ।
15तपाईंले मूलहरू र खोलाहरूका मुहान खोल्नुभयो । तपाईंले बगिरहेका नदीहरूलाई सुकाउनुभयो ।
16दिन तपाईंको हो र रात पनि तपाईंकै हो । तपाईंले सूर्य र चनद्रमालाई आफ्नो ठाउँमा राख्नुभयो ।
17तपाईंले पृथ्वीको सबै सिमाना तोक्नुभएको छ । तपाईंले हिउँद र ग्रीष्म बनाउनुभएको छ ।
18हे परमप्रभु, शत्रुहरूले तपाईंलाई कसरी अपमान गरे सो सम्झनुहोस् । अनि मूर्ख मानिसहरूले तपाईंको नाउँको निन्दा गरेका छन् ।
19तपाईंको ढुकुरको जीवन जङ्गली पशुलाई नदिनुहोस् । थिचोमिचोमा परेका तपाईंका मानिसहरूका जीवन सधैं नबिर्सनुहोस् ।