Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 74

भजनसंग्रह 74:2-11

Help us?
Click on verse(s) to share them!
2आफ्ना मानिसहरू जसलाई तपाईंले प्राचीन समयमा किन्‍नुभयो, तपाईंको आफ्नै उत्तराधिकार हुनलाई उद्धार गर्नुभएका कुलहरू र तपाईं वास गर्नुहुने सियोन पर्वतलाई सम्झनुहोस् ।
3आउनुहोस्, शत्रुले पवित्रस्थानमा गरेका सम्‍पूर्ण भग्‍नावशेष, सारा सर्वनाशलाई हेर्नुहोस् ।
4तपाईंको तोकिएको ठाउँको बिचमा तपाईंका वैरीहरू गर्जन्छन् । तिनीहरूले आफ्ना युद्धका झन्डाहरू खडा गर्छन् ।
5बञ्‍चरोले घना जङ्गल काटेझैं तिनीहरूले काटेर लगे ।
6तिनीहरूले बट्टाहरूलाई फुटाएका छन् र टुक्र-टुक्रा पारेका छन् । तिनीहरूले बन्‍चरो र घनहरूले फुटाए ।
7तपाईंको पवित्रस्थान तिनीहरूले आगोले जलाए । तपाईं वास गर्नुहुने ठाउँलाई तिनीहरूले भूइँमा ढालेर अपवित्र पारे ।
8तिनीहरूले आफ्ना हृदयहरूमा भने, “तिनीहरू सबैलाई हामी नाश गर्नेछौं ।” देशमा भएका तपाईंको आराधना हुने ठाउँहरू सबै तिनीहरूले जलाए ।
9हामी अब कुनै चिन्हहरू देख्दैनौं । अब कोही अगमवक्‍ता छैनन् र यो कहिलेसम्म रहन्छ भनी हाम्रा बिचमा हुने कसैले पनि जान्‍दैन ।
10हे परमेश्‍वर, शत्रुहरूले कहिलेसम्म हामीलाई अपमान गर्छन्? के शत्रुहरूले सदासर्वदा तपाईंको निन्दा गर्नेछन् ?
11आफ्‍नो बाहुली, तपाईंको दाहिने हात तपाईंले किन रोक्‍नुहुन्छ? आफ्‍नो दाहिने हात आफ्नो खल्‍तीबाट झिक्‍नुहोस् र तिनीहरूलाई नाश पार्नुहोस् ।

Read भजनसंग्रह 74भजनसंग्रह 74
Compare भजनसंग्रह 74:2-11भजनसंग्रह 74:2-11