Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 74

भजनसंग्रह 74:15-20

Help us?
Click on verse(s) to share them!
15तपाईंले मूलहरू र खोलाहरूका मुहान खोल्‍नुभयो । तपाईंले बगिरहेका नदीहरूलाई सुकाउनुभयो ।
16दिन तपाईंको हो र रात पनि तपाईंकै हो । तपाईंले सूर्य र चनद्रमालाई आफ्नो ठाउँमा राख्‍नुभयो ।
17तपाईंले पृथ्वीको सबै सिमाना तोक्‍नुभएको छ । तपाईंले हिउँद र ग्रीष्म बनाउनुभएको छ ।
18हे परमप्रभु, शत्रुहरूले तपाईंलाई कसरी अपमान गरे सो सम्झनुहोस् । अनि मूर्ख मानिसहरूले तपाईंको नाउँको निन्दा गरेका छन् ।
19तपाईंको ढुकुरको जीवन जङ्गली पशुलाई नदिनुहोस् । थिचोमिचोमा परेका तपाईंका मानिसहरूका जीवन सधैं नबिर्सनुहोस् ।
20आफ्नो करार सम्झनुहोस्, किनकि देशका अन्धकार क्षेत्रहरू हिंसाले भरिएको ठाउँहरू हुन् ।

Read भजनसंग्रह 74भजनसंग्रह 74
Compare भजनसंग्रह 74:15-20भजनसंग्रह 74:15-20