1निश्चय नै परमेश्वर इस्राएलको निम्ति, शुद्ध हृदय हुनेहरूका निम्ति भला हुनुहुन्छ ।
2तर मेरो बारेमा, मेरा खुट्टाहरू झण्डै चिप्ले । मेरा खुट्टाहरू मेरो मुनिबाट झण्डै चिप्ले ।
3किनभने जब मैले दुष्टहरूका फलिफाप देखें, तब मैले अहङ्कारीहरूको डाह गरें ।
4किनकि मृत्युसम्म नै तिनीहरूलाई कुनै पीडा नै हुँछैन, तर तिनीहरू बलिया र स्वस्थ्य हुन्छन् ।
5अरू मानिसहरूका बोझहरूबाट तिनीहरू मुक्त छन् । अरू मानिसहरूलाई झैं तिनीहरूलाई कष्ट हुँदैन ।
6तिनीहरूका घाँटीमा सिक्रीझैं तिनीहरू घमण्डले सजिछन् । वस्त्रले ढाकेझैं तिनीहरूलाई हिंसाले ढाक्नेछ ।
7यस्ता अन्धोपनबाट नै पाप आउँछ । तिनीहरूका हृदयहरूबाट दुष्ट विचारहरू जान्छन् ।
8तिनीहरू दुष्टतापूर्वक गिल्ला गर्छन् र बोल्छन् । आफ्नो अहङ्कारमा तिनीहरूले अत्यचारको धम्की दिन्छन् ।
9आफ्नो मुखले तिनीहरू स्वर्गको विरुद्धमा बोल्छन् र तिनीहरूका जिब्रोहरूले पृथ्वीको अधिकार गर्छन् ।
10यसकारण तिनका मानिसहरू तिनीहरूतिर फर्कन्छन् र प्रशस्त पानी बगाइन्छ ।
11तिनीहरू भन्छन्, “परमेश्वरले कसरी जान्नुहुन्छ? के सर्वोच्चसँग ज्ञान छ र?”
12हेर्नुहोस्ः यी मानिसहरू दुष्टहरू हुन् । तिनीहरू निश्चिन्त छन् र झन्-झन् धनी हुँदैछन् ।