9हे परमेश्वर, तपाईंले प्रशस्त झरी पठाउनुभयो । तपाईंको उत्तराधिकार थकित हुँदा तपाईंले त्यसलाई बलियो पार्नुभयो ।
10तपाईंका मानिसहरू यसमा बसोवास गरे । हे परमेश्वर, तपाईंले आफ्नो भलाइबाट गरीबहरूलाई दिनुभयो ।
11परमप्रभुले आदेश दिनुभयो र तिनीहरूलाई घोषणा गर्नेहरू ठुला फौज थिए ।
12फौजका राजाहरू भाग्छन्, तिनीहरू भाग्छन्, र घरमा पर्खिरहने स्त्रीहरूले लुटको माल बाँड्छन्
13चाँदीले ढाकिएको ढुकुरहरू, पखेटाहरू सुनले ढाकिएका । तिमीहरूमध्ये कोही भेडाका बगालहरूका माझमा बस्यौ, तिमीहरूले किन यसो गर्यौ?
14सर्वशक्तिमान्ले त्यहाँ राजाहरूलाई तितरबितर पार्नुभयो, त्यो सल्मोन डाँडामाथि हिउँ परेको बेलाजस्तै थियो ।
15बाशानको पहाडी देशचाहिं शक्तिशाली पहाड हो । बाशानको पहाडी देश एउटा अग्लो पहाड हो ।
16हे उच्च पहाडी देश, तँ किन डाहले हेर्छस्, त्यो पहाड जसमा परमेश्वर बस्ने इच्छा गर्नुहुन्छ? वास्तवमा, परमप्रभु सदासर्वदा त्यसमा बास गर्नुहुन्छ ।
17परमेश्वरका रथहरू बीसौं हजार, हजारौं हजार छन् । परमप्रभु सीनैमा जस्तै पवित्र स्थानमा तिनीहरूमा माझमा हुनुहुन्छ ।
18तपाईं उच्चमा उक्लनुभएको छ । तपाईंले कैदीहरूलाई डोर्याउनुभएको छ । मानिसहरूका माझबाट, तपाईंको विरुद्धमा युद्ध लड्नेहरूबाट समेत तपाईंले उपहार ग्रहण गर्नुभएको छ, ताकि हे परमप्रभु परमेश्वर, तपाईं त्यहाँ बास गर्नुभएको होस् ।
19परमप्रभु धन्यको होऊन्, जसले दिनदिने हाम्रो बोझ उठाउनुहुन्छ । परमेश्वर जो हाम्रो उद्धार हुनुहुन्छ । सेला
20हाम्रो परमेश्वर बचाउनुहुने परमेश्वर हुनुहुन्छ । हामीलाई मृत्युबाट बचाउन सक्षम परमप्रभु परमेश्वर नै हुनुहुन्छ ।
21तर परमेश्वरले आफ्नो शत्रुहरूका शिरहरूमा, उहाँको विरुद्धमा हिंड्नेहरूका कपाल भएका खप्परमा हिर्काउनुहुनेछ ।
22परमप्रभुले भन्नुभयो, “म आफ्ना शत्रुहरूलाई बाशानबाट फर्काएर ल्याउनेछु । तिनीहरूलाई समुद्रको गहिराइबाट म फर्काएर ल्याउनेछु ।
23ताकि आफ्ना खुट्टा रगतमा चोपेर तिमीहरूले आफ्ना शत्रुहरूलाई कुल्चनेछौ र तिमीहरूका शत्रुहरूबाट तिमीहरूका कुकुरहरूका जिब्राहरूले पनि आफ्नो भाग पाऊन् ।”