5अनाथहरूका बुबा, विधवाहरूका न्यायकर्ता पवित्र स्थानमा बास गर्नुहुने परमेश्वर नै हुनुहुन्छ ।
6एक्लो व्यक्तिलाई परमेश्वरले परिवार दिनुहुन्छ । उहाँले कैदीहरूलाई गीत गाउँदै बाहिर आउन दिनुहुन्छ । तर विद्रोहीहरूचाहिं सुख्खा जमिनमा बस्छन् ।
7हे परमेश्वर, जब तपाईं आफ्ना मानसिहरूका अघि जानुभयो, जब तपाईं उजाडस्थानमा हिंड्नुभयो, सेला
8तब पृथ्वी काम्यो । परमेश्वरको उपस्थितिमा, उहाँ सियोनमा आउनुहुँदा परमेश्वरको उपस्थितिमा, इस्राएलका परमेश्वर, परमेश्वरको उपस्थितिमा, आकाशले पनि वृष्टि खन्यायो ।
9हे परमेश्वर, तपाईंले प्रशस्त झरी पठाउनुभयो । तपाईंको उत्तराधिकार थकित हुँदा तपाईंले त्यसलाई बलियो पार्नुभयो ।
10तपाईंका मानिसहरू यसमा बसोवास गरे । हे परमेश्वर, तपाईंले आफ्नो भलाइबाट गरीबहरूलाई दिनुभयो ।
11परमप्रभुले आदेश दिनुभयो र तिनीहरूलाई घोषणा गर्नेहरू ठुला फौज थिए ।