17परमेश्वरका रथहरू बीसौं हजार, हजारौं हजार छन् । परमप्रभु सीनैमा जस्तै पवित्र स्थानमा तिनीहरूमा माझमा हुनुहुन्छ ।
18तपाईं उच्चमा उक्लनुभएको छ । तपाईंले कैदीहरूलाई डोर्याउनुभएको छ । मानिसहरूका माझबाट, तपाईंको विरुद्धमा युद्ध लड्नेहरूबाट समेत तपाईंले उपहार ग्रहण गर्नुभएको छ, ताकि हे परमप्रभु परमेश्वर, तपाईं त्यहाँ बास गर्नुभएको होस् ।
19परमप्रभु धन्यको होऊन्, जसले दिनदिने हाम्रो बोझ उठाउनुहुन्छ । परमेश्वर जो हाम्रो उद्धार हुनुहुन्छ । सेला
20हाम्रो परमेश्वर बचाउनुहुने परमेश्वर हुनुहुन्छ । हामीलाई मृत्युबाट बचाउन सक्षम परमप्रभु परमेश्वर नै हुनुहुन्छ ।
21तर परमेश्वरले आफ्नो शत्रुहरूका शिरहरूमा, उहाँको विरुद्धमा हिंड्नेहरूका कपाल भएका खप्परमा हिर्काउनुहुनेछ ।
22परमप्रभुले भन्नुभयो, “म आफ्ना शत्रुहरूलाई बाशानबाट फर्काएर ल्याउनेछु । तिनीहरूलाई समुद्रको गहिराइबाट म फर्काएर ल्याउनेछु ।
23ताकि आफ्ना खुट्टा रगतमा चोपेर तिमीहरूले आफ्ना शत्रुहरूलाई कुल्चनेछौ र तिमीहरूका शत्रुहरूबाट तिमीहरूका कुकुरहरूका जिब्राहरूले पनि आफ्नो भाग पाऊन् ।”