1हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ । उत्सुकतासाथ म तपाईंको खोजी गर्छु । पानी नभएको सुख्खा र बाँझो जमिनमा, मेरो प्राणले तपाईंको तृणा गर्छ र मेरो शरीरले तपाईंलाई खोज्छ ।
2त्यसैले तपाईंको शक्ति र महिमा देख्नलाई तपाईंलाई मैले पवित्रस्थानमा हेरेको छु ।
3किनभने तपाईंको करारको विश्वस्तता जीवनभन्दा उत्तम छ । मेरा ओठहरूले तपाईंको प्रशंसा गर्नेछ ।
4त्यसैले म जीवित रहँदा म तपाईंलाई धन्यको भन्नेछु । तपाईंकै नाउँमा म आफ्ना हातहरू उचाल्नेछु ।
5हाडको गुदी र चिल्लो खाना मैले खाएको जस्तै हुनेछ । आनन्दित ओठहरूले मेरो मुखले तपाईंको प्रशंसा गर्नेछ ।