Text copied!
CopyCompare
पवित्र बाइबल - भजनसंग्रह - भजनसंग्रह 5

भजनसंग्रह 5:7-11

Help us?
Click on verse(s) to share them!
7तर मेरो बारेमा, तपाईंको महान् करारको विश्‍वस्‍तताको कारणले, म तपाईंको मन्‍दिरमा आउनेछु । आदरसाथ तपाईंको पवित्र मन्दिरतर्फ फर्केर म दण्डवत् गर्नेछु ।
8हे परमप्रभु, मेरा शत्रुहरूका कारणले मलाई तपाईंको धार्मिकतामा डोर्‍याउनुहोस् । मेरो समु तपाईंको बाटो सोझो बनाउनुहोस् ।
9किनकि तिनीहरूका मुखमा कुनै सत्य छैन । तिनीहरू अन्तस्करण दुष्‍ट छ । तिनीहरूका गला एउटा खुला चिहान हो । आफ्नो जिब्रोले तिनीहरू चाप्लुसी गर्छन् ।
10हे परमेश्‍वर, तिनीहरूलाई दोषी ठहराउनुहोस् । तिनीहरूको षड्यान्त्र नै तिनीहरूको पतन बनोस् । तिनीहरूका धेरै अपराधहरूका कारणले तिनीहरूलाई खेद्‍नुहोस् किनकि तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरेका छन् ।
11तर तपाईंमा शरण लिनै सबै जना आनन्दित होऊन् । तिनीहरू आनन्दले कराऊन् किनभने तपाईंले तिनीहरूको सरक्षा गर्नुहुन्छ । तपाईंको नाउँ मन पराउनेहरू तपाईंमा आनन्दित होऊन् ।

Read भजनसंग्रह 5भजनसंग्रह 5
Compare भजनसंग्रह 5:7-11भजनसंग्रह 5:7-11