4परमेश्वर, जसको वचनको प्रशंसा म गर्छु— परमेश्वरमा मैले आफ्नो भरोसा राखेको छु । म डराउनेछैन । मानिसले मलाई के गर्न सक्छ र?
5दिनभरि तिनीहरू मेरा कुराहरू बङ्ग्याउँछन् । तिनीहरूका सबै विचार खराबीको निम्ति मेरो विरद्धमा हुन्छन् ।
6तिनीहरू आफूलाई एकसाथ भेला गर्छन्, तिनीहरू आफूलाई लुकाउँछन् र तिनीहरूले मेरा पाइलाहरू पहिल्याउँछन्, जसरी तिनीहरूले मेरो ज्यान लिन ढुकिबसेका छन् ।
7अधर्म गरेर तिनीहरूलाई उम्कन नदिनुहोस् । हे परमेश्वर, तपाईंको क्रोधमा मानिसहरूलाई तल झार्नुहोस् ।
8मेरा भागेर हिंडेको हिसाब तपाईंले राख्नुहोस् र मेरा आँसुहरू तपाईंको बोतलमा राख्नुहोस् । के ती तपाईंका पुस्तकमा छैनन् र?