6मैले भनें, “मसित ढुकुरका जस्ता पखेटाहरू भए त! तब म उडेर जाने र विश्रम लिने थिएँ ।
7हेर्नुहोस्, तब म टाढा जाने थिएँ । म उजाड-स्थानमा बस्ने थिएँ । सेला
8आँधी र हुरीबाट बच्न हतार गरेर म शरणस्थाणमा जाने थिएँ ।”
9हे परमप्रभु, तिनीहरूलाई भस्म पार्नुहोस् । तिनीहरूको भाषा खल्बल्याउनुहोस् ! किनकि मैले सहरमा हिंसा र कलह देखेको छु ।
10दिनरात तिनीहरू पर्खालहरूमा चढेर घुम्छन् । अधर्म र हानि यसको माझमा छन् ।
11यसको बिचमा दुष्टता छ । थिचोमिचो र छलले यसका गल्लीहरूलाई छोड्दैनन् ।
12किनकि मलाई हप्काउने शत्रु थिएन, तब म त्यो सहनेथिएँ । न त मेरो विरुद्ध उठ्ने मलाई घृणा गर्ने व्यक्ति नै थियो, तब म त्यसबाट लुक्नेथिएँ ।
13तर यो त त्यही, म समानको मानिस, मेरो मित्र र मेरो घनिष्ठ साथी थियो ।
14हामीले एकसाथ मीठो सङ्गति गर्थ्यौं । भीडको साथमा हामी परमेश्वरको भवनमा जान्थ्यौं ।
15तिनीहरूमाथि अचानक मृत्यु आइ लागोस् । तिनीहरू जिउँदै चिहानमा जाऊन् किनकि तिनीहरू जहाँ बस्छन् त्यहाँ तिनीहरूकै माझमा दुष्टता छ ।
16मेरो बारेमा, म परमेश्वरलाई पुकार्छु र पमरप्रभुले मलाई बचाउनुहुनेछ ।
17साँझ, बिहान र मध्यन्हमा म गुनासो गर्छु र विलाप गर्छु । उहाँले मेरो आवाज सुन्नुहुनेछ ।
18मेरो विरुद्धमा भएको युद्धबाट उहाँले मेरो जीवनलाई सुरक्षित छुट्टाउनुहुन्छ, किनकि मेरो विरुद्धमा युद्ध गर्नेहरू धैरै जना थिए ।