1ए सबै मानिसहरू हो, यो कुरा सुन । ए संसारका सबै बासिन्दाहरू हो कान थाप ।
2माथिल्लो र तल्लो दर्जाका, गरीब र धनी दुवै एकसाथ ।
3मेरो मुखले बुद्धिका कुरा बोल्नेछ र मेरो हृदयको ध्यान समझको हुनेछ ।
4म आफ्ना कान दृष्टान्तमा लगाउनेछु । म आफ्नो दृष्टान्तलाई वीणा बजाएर सुरु गर्नेछु ।
5जब अधर्मले मलाई घेरा हाल्छ, तब म किन खराब दिनहरूको डर मान्ने?
6आफ्ना सम्पत्तिमा भरोसा गर्नेहरू र आफ्नो धेरै धन घमण्ड गर्नेहरूसँग म किन डराउने?