19तापनि तपाईंले हामीलाई गम्भिर रूपले नष्ट पारेर स्यालहरूका ठाउँ बनाउनुभएको छ र हामीलाई मृत्युको छायाले ढाक्नुभएको छ ।
20हामीले आफ्नो परमेश्वरको नाउँ बिर्सेका वा हाम्रा हातहरू विदेशी देवताहरूतिर फैलाएका छौं भने,
21के परमेश्वर यो कुरा खोजी गर्नुहुन्नथ्यो र? किनकि हृदयका गोप्यताहरू उहाँले जान्नुहुन्छ ।
22वस्तवमा, तपाईंकै खातिर हामी दिनभरि मारिंदैछौं । मार्न लगिएका भेडाहरूझै हामी ठानिएका छौं ।
23हे परमप्रभु, जाग्नुहोस्, तपाईं किन सुत्नुहुन्छ? उठ्नुहोस्, हामीलाई स्थायी रूपमा नफाल्नुहोस् ।
24तपाईंले किन आफ्नो मुहार लुकाउनुहुन्छ र हाम्रा कष्ट र हाम्रा अत्याचारलाई बिर्सनुहुन्छ?
25किनकि हामी पग्लेर धूलोमा मिलेका छौं । हाम्रा शरीरहरू भूइँमा टाँसिन्छन् ।