6म कुप्रिन्छु र हरेक दिन अपमानित हुन्छु । म दिनभरि विलाप गरिरहन्छु ।
7किनकि जलनले मलाई भरेको छ । मेरो शरीर स्वस्थ्य छैन ।
8म स्तब्ध र पूर्ण रूपमा चूर्ण छु । मेरो हृदयको वेदनाको कारणले म सुस्केरा हाल्छु ।
9हे परमप्रभु, मेरो हृदयको भित्री चाहानलाई तपाईंले बुझ्नुहुन्छ र मेरा सुस्केराहरू तपाईंबाट लुकाइएका छैनन् ।
10मेरो मुटु धड्किन्छ, मेरो बल घट्छ र मेरा आँखा धमिला हुन्छन् ।
11मेरो अवस्थाको कारणले मेरा मित्रहरू र साथीहरूले मलाई त्याग्छन् । मेरा छिमेकीहरू टाढै खडा हुन्छन् ।
12मेरो ज्यान लिन खोज्नेहरूले मेरो निम्ति पासो थाप्छन् । मेरो हानि गर्न खोज्नेहरूले विनाशकारी कुरा गर्छन् र दिनभरि छलपूर्ण शब्दहरू भन्छन् ।
13तर म बहिरो मानिसजस्तो भएको छु र केही सुन्दिन । म गुँगो मानिसजस्तो भएको छु जसले केही भन्दैन ।