25म जवान थिएँ र अहिले वृद्ध भएको छु । धर्मी व्यक्ति त्यागिएको वा त्यसको छोराछोरीले रोटीको निम्ति मागेको मैले कहिल्यै देखेको छैन ।
26दिनभरि नै अनुग्रही हुन्छ र पैंचो दिन्छ अनि त्यसका छोराछोरीले आशिष् पाउँछन् ।
27खराबीबाट फर्क र जे असल छ सो गर । तब तिमी सदासर्वदा सुरक्षित हुनेछौ ।
28किनकि परमप्रभुले न्यायलाई प्रेम गर्नुहुन्छ र उहाँका विश्वासयोग्य अनुयायीहरूलाई त्याग्नुहुन्न । तिनीहरू सधैं सुरक्षित राखिन्छन्, तर दुष्टका सन्तानहरू बहिष्कृत हुनेछन् ।
29धर्मीले देशको उत्तराधिकार गर्नेछन् र त्यहाँ सदासर्वदा बास गर्नेछन् ।
30धर्मी व्यक्तिको मुखले बुद्धिको कुरा बोल्छ र न्याय वृद्धि गर्छ ।