19समय खराब हुँदा तिनीहरू लज्जित हुनेछैनन् । जब अनिकाल आउँछ, तब तिनीहरूसित प्रशस्त खानेकुरा हुनेछ ।
20तर दुष्ट मानिसहरू नष्ट हुनेछन् । परमप्रभुका शत्रुहरू खर्कहरूका गौरवजस्ता हुनेछन् । तिनीहरू भष्म हुनेछन् र धूवाँमा हराउनेछन् ।
21दुष्ट मानिसहरूले ऋण लिन्छन् तर तिर्दैनन्, तर धर्मी व्यक्ति उदार हुन्छ र दिन्छ ।
22परमेश्वरले आशिष् दिनुभएकाहरूले देशको उत्तराधिकार पाउनेछन् । उहाँद्वारा सराप पाएकाहरू बहिष्कृत हुनेछन् ।
23परमप्रभुद्वारा नै मानिसकको कदमहरू स्थापित हुन्छ, त्यो मानिस जसको चाल परमेश्वरको दृष्टिमा प्रशंसनिय हुन्छ ।
24त्यसले ठेस खान्छ, तापनि त्यो ढल्नेछैन, किनकि परमप्रभुले त्यसलाई आफ्नो बाहुलिले समात्नुहुन्छ ।
25म जवान थिएँ र अहिले वृद्ध भएको छु । धर्मी व्यक्ति त्यागिएको वा त्यसको छोराछोरीले रोटीको निम्ति मागेको मैले कहिल्यै देखेको छैन ।
26दिनभरि नै अनुग्रही हुन्छ र पैंचो दिन्छ अनि त्यसका छोराछोरीले आशिष् पाउँछन् ।