3हे परमप्रभु, मेरो मुखमा रक्षक राख्नुहोस् । मेरा ओठहरूका ढोकाहरूको रक्षा गर्नुहोस् ।
4मेरो हृदयले कुनै कराब कुराको इच्छा नगरोस् वा दुष्ट किसिमले व्यवहार गर्ने मानिसहरूका पापपूर्ण कामहरूमा सहभागी नहोस् । तिनीहरूका कुनै स्वादिष्ट कुराहरू मैले खान नपरोस् ।
5धर्मी मानिसले मलाई हिर्काओस् । त्यो मेरो निम्ति दया हुनेछ । त्यसले मलाई सच्याओस् । त्यो मेरो शिरमा लगाएको तेलझैं हुनेछ । मेरो शिरले त्यो स्वीकार गर्न इन्कार नगरोस् । तर मेरो प्रार्थना सधैं नै तिनीहरूका दुष्ट कामहरूको विरुद्धमा हुन्छ ।
6तिनीहरूका अगुवाहरूलाई चट्टानको टाकुराबाट तल फालिनेछ । मेरा आफ्नै शब्दहरू सुखद छन् भनी तिनीहरूले सुन्नेछन् ।